२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी कम्पनीसँग साढे ३ करोड ट्याब्लेट पारासिटामोल बनाउने सामाग्री, कुन कम्पनीसँग कति ?

औषधी कम्पनीसँग साढे ३ करोड ट्याब्लेट पारासिटामोल बनाउने सामाग्री, कुन कम्पनीसँग कति ?


काठमाडौं—बजारमा पारासिटामोल कृत्रिम अभाव सिर्जना गरिएका बेला नेपाली औषधी कम्पीसँग साढे ३ करोड सिटामोल बनाउने कच्चा पदार्थ रहेको पाइएको छ । १८ वटा नेपाली कम्पनीसँग १७ हजार ६ सय ८३ केजी कच्चा पदार्थ रहेको औषधी व्यवस्था विभाग स्रोतले जनाएको छ ।

सो कच्चा पदार्थबाट ३ करोड ५२ लाख ९६ हजार ६ सय ६० ट्याब्लेट उत्पादन गर्न सकिने औषधी व्यवस्था विभागका एक अधिकारी बताउँछन् । स्टक रहेको पारा सिटामोलको कच्चा पदार्थमा सबैभन्दा बढी लोमस फर्मास्युटिकल्ससँग ५ हजार केजी छ । जसबाट १ करोड ट्याब्लेट उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन् ।

त्यसैगरी, निपोन फर्मास्युटिकल्ससँग ४ हजार केजी, युनिभर्सल फर्मुलेसन २ हजार ३ सय ५४ केजी, आर्या फर्मा ल्याबसँग ९५ केजी, नेपाल फर्मास्युटिकल्स ल्याब्रोटोरीसँग ५ सय ९८ केजी, इमी टेक मेडसँग ९ सय ३१ केजी कच्चा पदार्थ स्टकमा रहेको विवरण विभागलाई बुझाइएको छ ।

कम्पनीहरुले विभागलाई बुझाएको तथ्यांकअनुसार युनिभर्सल फर्मास्युटिकल्सले ६ लाख ट्याब्लेट तत्कालै बजार पठाउने तयारी रहेको जनाएको छ । नेशनल हेल्थकेयर प्रा.लि.ले भर्खर मात्रै १४ लाख ४० हजार ९ सय ट्याब्लेट स्टकबाट बजारमा पठाएको छ ।

त्यस्तै, फार्मको इन्डष्ट्रीले ६ लाख ट्याब्लेट, नोभा जिनोटिकले २ लाख ट्याब्लेट, नेपाल औषधीले लिमिटेडले ६ लाख ४० हजार ट्याब्लेट, निपोन फर्मास्युटिकल्सले १५ लाख ट्याब्लेट उत्पादनको प्रक्रियामा रहेको जनाएको छ । सबैभन्दा बढी पारा सिटामोल उत्पादन गर्ने लोमस फर्मास्युटिकल्सले ५० लाख ट्याब्लेट हालसालैमात्रै बजारमा पठाएको रिपोर्ट विभागलाई बुझाएको छ भने रोयल फर्मास्युटिकल्सले पनि ८ लाख ट्याब्लेट बजारमा पठाएको छ ।

औषधी उत्पादक संघका अध्यक्ष समेत रहेका लोमस फर्मास्युटिकल्सका सञ्चालक प्रज्वलजंग पाण्डेले बजारमा हल्ला भएजस्तो पारा सिटामोल अभाव नभएको बताए । ‘सामान्य अवस्थाका लागि उत्पादन भएको सिटामोल कोभिडका कारण केही बढी खपत भएको अवश्य हो,’ उनले भने, ‘तर, हामीसँग तत्काललाई अभाव हुन नदिन पर्याप्त कच्चा पदार्थ र स्टक बजारमा पठाएका छौं । सरकारले व्यवस्थित तरिकाले व्यवस्थापन गर्नुपर्छ ।’ उनले पारा सिटामोल उत्पादनमा व्यवसायीलाई घाटा भएतापनि सामाजिक उत्तरदायित्वको हिसाबले मात्र उत्पादन गरिरहेको बताए ।

हेर्नोस कसको कति ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ