२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग

राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग

७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं—कोभिड—१९ समुदायस्तरमा फैलदासमेत राज्य संवेदनशील नभएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले ७७ वटै जिल्लाबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । संघले १५ वटा बुँदामा मागहरु विभिन्न मागहरु राख्दैं प्रमुख जिल्ला अधिकारीमार्फत जिल्लामा र स्वास्थ्य तथा जनसंख्यामन्त्रीमार्फत केन्द्रमा ज्ञापनपत्र बुझाएको हो ।

संघका अध्यक्ष रामबहादुर चन्दकाअनुसार ज्ञापनपत्र प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र प्रदेश मुख्यमन्त्रीहरुलाई बुझाइने कार्यक्रम रहेको छ । ज्ञापनपत्रमा संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको यथाशीघ्र विमा गरिनुपर्ने, यसअघि स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता तुरुन्त पाउनुपर्ने उल्लेख छ ।

यसैगरी, महामारी र नियमित स्वास्थ्य उपचारका लागि अति आवश्यक औषधीको अभाव र कालोबजारी तत्काल नियन्त्रण गर्नुपर्ने, संघ र प्रदेशबाट हुने कर्मचारी समायोजन सरुवा बढुवा, स्तरवृद्धिलगायतका नियमित कार्यहरु हुने अन्यायपूर्ण र अपादर्शी कार्य बन्द गर्नुपर्ने, करारमा नियुक्ति भएर निरन्तर काम गरिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्नेलगायतका १५ बुँदा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ