२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘पिजीको परीक्षा सर्दैन, परीक्षाका विषयमा उठेका प्रश्नमाथि छानविन प्रक्रिया अघि बढिसक्यो’

‘पिजीको परीक्षा सर्दैन, परीक्षाका विषयमा उठेका प्रश्नमाथि छानविन प्रक्रिया अघि बढिसक्यो’


काठमाडौँ – चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षालाई लिएर सामाजिक संजालमा भ्रम उत्पन्न गर्ने कार्य भएको भन्दै चिकित्सा शिक्षा आयोगले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सम्पादन गर्ने कार्य, परीक्षा र परीक्षाको गोपनियता लगायतका विषयमा विभिन्न किसिमका भ्रम उत्पन्न हुने गरी सामाजिक सञ्जालमा प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

परीक्षार्थी र परीक्षाका विषयमा उठेका प्रश्नमाथि छानबिनका लागि निकायहरुबाट प्रक्रिया अगाडि बढाइसकेको आयोगले जनाएको छ।

यसको साथै ८ माघ गतेबाट १० माघसम्म हुने भनिएको पिजीको परीक्षा नसर्ने र स्वास्थ्यको मापदण्ड अपनाएर नै संचालन गरिने समेत आयोगले स्पष्ट पारेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ