काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ, युनिफाइड नेसन र रेडियो नेसन १०३.९ मेगाहर्जले ललितपुरमा कोभिड-१९ विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ। शुक्रबार आयोजक समितिले ललितपुरका विभिन्न स्थानमा पुगेर सचेतना कार्यक्रम गरेको हो।
‘आफु पनि सहज रहौं, अरुलाई पनि सजग गराउ’ भन्ने मूल सन्देशको साथमा आजदेखि ३ दिनसम्म उक्त कार्यक्रम चल्ने आयोजक समितिले जनाएको छ। समितिकाअनुसार शुक्रबार पहिलो चरणमा जावालेखस्थित कार्यक्रम गरिएको हो। शनिबार पाटनको मंगलबजार र आइतबार लगनखेल बसपार्कस्थित कार्यक्रम गरिनेछ।
आयोजक टोलीले बाटो-बाटोमा पुगेर मास्क नलगाई हिड्नेलाई सजग गराउनेदेखि सर्वसाधारणलाई मास्क, स्यानीटाइजर समेत वितरण गरेको छ।
उक्त ३ दिने कर्यक्रममा लाइफलाइन हेल्थ केयर प्रालि, महानगरीय प्रहरी परिसर, ललितपुर, अष्टसिद्धी विनायक टोल विकास संस्था, स्वास्थ्य कार्यालय ललितपुर, प्रोत्साहन ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर र ध्रुवतारा बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सहकार्य रहेको छ।