२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोपको दुई डोजलाई पूर्ण खोप भन्नु उपयुक्त छ?

कोभिड खोपको दुई डोजलाई पूर्ण खोप भन्नु उपयुक्त छ?


युएस हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोभिड-१९ भ्याक्सिनको बुस्टर डोजमा तीनवटा प्रमुख अनुसन्धान गरेको छ। जसमा फाइजर र मोडर्ना कम्पनीको बुस्टर डोज कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध ९० प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ । यस्तो अवस्थामा विश्वभर यो प्रश्न उठिरहेको छ कि खोपको दुई डोज लिनेलाई पूर्ण खोप भन्नु अझै सहि हो ?

सीडीसीको तीन अनुसन्धानले के भन्छ?

तीनवटै अनुसन्धानमा लाखौं कोभिड पोजिटिभ बिरामीको डाटा अध्ययन गरिएको छ । जसमा आकस्मिक अवस्थामा अस्पताल भर्ना भएका व्यक्तिहरू पनि व्यक्तिहरू पनि पर्छन्। साथै, तीनवटै अनुसन्धानले भ्याक्सिन नपाएका मानिसहरू मात्रै कोरोनाका कारण गम्भीर बिरामी हुने गरेको बताउँछन्।

पहिलो सीडीसी अनुसन्धान अनुसार डिसेम्बर र जनवरीमा दिइएको बुस्टर डोजका कारण ९०% कोरोना केसहरूलाई अस्पताल जानु परेको थिएन। यी महिनाहरूमा ओमिक्रोनले अमेरिकामा गति पाएको थियो। हाल अमेरिकामा ९९% कोरोना केस ओमिक्रोनका छन्। वैज्ञानिकहरूले खोपको दोस्रो डोज ६ महिनापछि मात्र ५७ प्रतिशत प्रभावकारी भएको पत्ता लगाएका छन् ।

दोस्रो, अनुसन्धानका नतिजाहरूले बूस्टर डोज ओमिक्रोन विरुद्ध प्रभावकारी रहेको देखाएको छ। वैज्ञानिकहरुका अनुसार बुस्टर डोजपछि १ लाख मध्ये १४९ जनामा ​​ओमिक्रोन संक्रमण भएको थियो । योसँगै दुई डोज मात्र लिएपछि १ लाखमध्ये २५५ जनामा ​​यो भेरियन्टको संक्रमण देखिएको छ ।

तेस्रो, अनुसन्धानमा बुस्टर डोजले ओमिक्रोनका बिरामीहरूलाई बिरामी हुनबाट बचाएको उल्लेख गरिएको छ। सिडिसीका वैज्ञानिकहरूले अमेरिकामा १३ हजार ओमिक्रोनको केसहरु अनुसन्धान गरे। जसअनुसार बुस्टर डोज प्राप्त गर्ने बिरामीहरूमा दुई डोज प्राप्त गर्नेहरूको तुलनामा ओमिक्रोनको लक्षणहरू विकास हुने जोखिम ६६% कम थियो।

‘पूर्ण खोप’ को परिभाषामा किन प्रश्न उठिरहेका छन्?

सीडीसी का खोप सल्लाहकार डा. विलियम स्याफनर भन्छन्, ‘पूर्ण रूपमा खोप लगाइएको’ को परिभाषामा हामीले तीन डोजहरू गणना गर्नुपर्छ। कारण के हो भने वास्तवमा भ्याक्सिनको तेस्रो डोजले मात्र हामीलाई भाइरसको परिवर्तनशील रूपबाट बचाउँदछ। हाल, अमेरिका यस्तो निर्णय लिन तयार छैन। तर,क्यानाडाली स्वास्थ्य एजेन्सीले ‘पूर्ण भ्याक्सिनेटेड’ शब्दको समीक्षा गर्न सक्छ।

यसै विषयलाई लिएर क्यानडाका मुख्य जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले शुक्रबार एक पत्रकार सम्मेलनमा बोल्दै भनिन्,’ देशको जनसंख्याको ठूलो हिस्सालाई बुस्टर डोज दिइएपछि ‘पूर्ण खोप लगाइएको’ को परिभाषा परिवर्तन गर्न सकिन्छ। हाल देशमा बुस्टर डोजको शुरुवातलाई ‘अप टु डेट’ भन्न सकिन्छ।

सीडीसीका अनुसार फाइजर र मोडर्ना जस्ता एमआरएनए खोपको दोस्रो डोज लिएका वा जोन्सन एण्ड जोन्सनको पहिलो डोज लिएका मानिसहरूलाई दुई हप्तापछि पूर्ण रूपमा खोप लगाइएको भन्न सकिन्छ।

हाल, अमेरिकामा १२ वर्ष वा सोभन्दामाथिका मानिसहरूलाई बुस्टर डोजहरू दिइँदैछ। त्यस्ता व्यक्तिहरूले दोस्रो डोज सकिएको ५ महिनापछि तेस्रो डोज लिन सक्छन्। सीडीसी डाटाका अनुसार, बुस्टरका लागि योग्य व्यक्तिहरूमध्ये आधाले मात्र तेस्रो डोज प्राप्त गरेका छन्।

एजेन्सी 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ