२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमालेले सरकारलाई प्रश्न गर्दै भन्यो, ‘कहाँ गयो २४ लाख मात्रा खोप ? लुकायो कि बेच्यो ?’

एमालेले सरकारलाई प्रश्न गर्दै भन्यो, ‘कहाँ गयो २४ लाख मात्रा खोप ? लुकायो कि बेच्यो ?’

'तेस्रो लहर नियन्त्रणमा सरकार गैर-जिम्मेवार'


काठमाडौँ – पुर्वप्रधानमन्त्री एवम एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१९ संक्रमणको तेस्रो लहर नियन्त्रणमा वर्तमान सरकार गैर- जिम्मेवार देखिएको बताएका छन्। एमालेका अध्यक्ष ओलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीको तेस्रो लहरमा सरकार गैर-जिम्मेवारी र निष्प्रभावी देखिएको बताएका हुन्।

उनले २४ लाखभन्दा बढी मात्रा खोप हराएको भन्दै गैर-जिम्मेवारी र लाजस्पस्द अभिव्यक्ति सरकारले दिइरहेको बताए। ओलीले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘ कहाँ गयो त्यति धेरै मात्राको खोप? कसले लुकायो वा बेच्यो?  यसका लागि को जिम्मेवार छ?’ ठुलो मात्रामा खोप गायब गरिएको र भएका खोपको सहि तरिकाले भण्डारण हुन नसक्दा हजारौं नागरिकहरु खोपबाट बन्चित भएको उनले बताएका छन्।

विगतको सरकार व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम रहेको अध्यक्ष ओलीको आरोप छ। अहिलेको सरकारले चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपनि हालसम्म ४० प्रतिशतले मात्र खोप पाएको उनले बताए।

नागरिकलाई समेत पर्याप्त खोप दिन नसकेको अवस्थामा सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम रहेको उनको भनाइ छ।

खोप लगाउन प्रयोग गरिने सिरिन्ज र अत्यन्त आवश्यक सिटामोल औषधी समर उपलब्ध गराउन नसक्नु सरकारको गैर-जिम्मेबारीलाई प्रष्ट देखाएको अध्यक्ष ओलीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

वर्तमान सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती समेत गरेर स्वास्थ्यमा ठुलो खेलबाड गरेको उनको आरोप छ। उनले भनेका छन्, ‘जनतालाई घर, आँगनमै स्वास्थ्य सुविधा उपलब्ध गराउन विगत सरकारले सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको थियो। त्यसका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन गरेकोमा अहिलेको सरकारले १ अर्ब ५० करोड कटौती गरेका छ।’

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ