विश्वभर फैलिएको कोभिड-१९को ओमिक्रोन भेरियन्टले फैलाइरहेको त्रासबीच पुन: अर्को भाइरसको नयाँ भेरियन्टको खतरा देखिन थालेको छ। सो भेरियन्टलाई बीए-२ नाम दिइएको छ।
ओमिक्रोनको सब-भ्यरियन्ट बीए-२भारतको मध्य प्रदेशमा देखिएको हो। हालसम्म यसले त्यहाँको १६ जनालाई संक्रमित बनाएको छ।
बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसको केसहरू रिपोर्ट गरिएको छ। यो भेरियन्ट ओमिक्रोन जत्तिकै छिटो फैलिन्छ। यस्तो अवस्थामा यसको पहिचान हुन सकेन भने यसको संक्रमण रोक्नु ठूलो चुनौती बन्न सक्ने विज्ञहरुको आशंका छ। परीक्षण किट परीक्षणले पनि यसलाई फेला पार्न सकेको छैन।
कोरोनाको नयाँ भेरियन्ट बीए-२ को लक्षण ओमिक्रोनसँग मिल्दोजुल्दो छ। यसलाई जेनेटिक स्विक्वेन्सिङबाट मात्र पहिचान गर्न सकिन्छ।
यो नयाँ भेरियन्ट पहिचान गर्न गत नोभेम्बर १७ देखि ‘ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा’ अन्तर्गत सबै देशबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । हालसम्म भारत सहित करिब ४० देशले आफ्नो डाटा पठाइसकेका छन् ।
-एजेन्सी