२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ

कोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ


काठमाडौँ – नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोभिड-१९ रोकथाम, उपचार तथा व्यवस्थापनमा सरकार सुस्त हुनु अत्यन्त दुखद रहेको बताएको छ। सोमबार संघले विज्ञप्ति जारी गरी कोभिड-१९ संक्रमण दर बढ्दै गएको अवस्थामा यसको रोकथाम, उपचार र व्यवस्थापनमा सरकारको गति एकदमै सुस्त हुनु अत्यन्त दुखद रहेको जनाएको हो।

नागरिकले सिटामोलसमेत पाउन नसकेको अवस्थामा समग्र स्वास्थ्य क्षेत्र नै विचौलियाको चंगुलमा फसेको र सरकार केवल मुकदर्शक भएर बसेको संघको टिप्पणी छ। ‘स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले बजारमा सिटामोल अभाव छैन भनिरहँदा नेपाल जनस्वास्थ्य विद्यार्थी संघ प्रश्न गर्छ कि कुन बजारमा सिटामोलको अभाव छैन ? मन्त्रालयले एउटा कोठाबाट कोठे जवाफ दिने कि वास्तविकता बोल्ने ?, ‘सार्वजनिक विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क समायोजन गरेपनि केही सरकारी निजी अस्पतालले पुरानै शुल्क लिइरहेको बताउँदै संघले भन्यो, ‘सरकारको काम विज्ञप्ति निकाल्ने मात्रै हो ? सरकारी निकायहरु कानमा तेल हालेर बस्ने कि अनुगमनलाई प्रभावकारी बनाउने ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ