२०८२ वैशाख ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब स्वास्थ्य सम्बन्धि परामर्श ११५६मा फोन गरेर लिन सकिने

अब स्वास्थ्य सम्बन्धि परामर्श ११५६मा फोन गरेर लिन सकिने


काठमाडौँ – नेपाल चिकित्सक संघले फोन कलमार्फत स्वास्थ्य सम्बन्धि परामर्श दिने भएको छ। संघले सोमबार सूचना जारी गर्दै बढ्दै गएको कोभिड-१९को तेस्रो लहरमा नागरिकलाई पर्न सक्ने स्वास्थ्य समस्याका लागि मंगलबारदेखि कल सेन्टरमार्फत स्वास्थ्य सम्बन्धि परामर्श दिने जनाएको हो।

संघका अनुसार तेस्रो लहरको सामाना गर्नका लागि नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौँ नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा सो सेवा संचालन हुन लागेको हो।

उक्त सेवा ११५६नम्बरको कल सेन्टर प्रयोग गरेर लिन सकिने र उक्त सेवा प्रत्येक विहान ८ देखि बेलुका ८ बजेसम्म संचालन हुने संघले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ