२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो

प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो


काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ९० जना गर्भवती कोभिड युनिटमा भर्ना भएका छन् । अस्पताल निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठकाअनुसार ३ देखि ९ माघसम्म ९० जना गर्भवती कोभिड–१९ युनिटमा भर्ना भएका हुन् ।

९० गर्भवतीमध्ये ५४ जना प्रसुति गराइएको छ । जसमा २८ जनाको सामान्य प्रक्रियाबाट प्रसुति गराइएको छ भने २६ जनाको शल्यक्रियामार्फत प्रसुति गराइएको छ ।

अन्य २६ जना भने अस्पतालमा भर्ना रहेको डा. श्रेष्ठले बताए । अस्पतालका करिब १ सयभन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएतापनि सेवा भने निरन्तर रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ