कोभिड-१९ संक्रमित आमाले स्तनपान गराउँदा शिशु संक्रमित हुन सक्छ या सक्दैन भन्नेमा धेरै दुविधामा रहेको पाइन्छ। यस दुविधालाई हटाउनका लागि हाल अमेरिकी वैज्ञानिकहरूले एक अध्ययन गरेको छ।
स्तनपानबाट शिशुमा संक्रमण हुने प्रमाण अहिलेसम्म फेला परेको विज्ञहरुले गरेको सो अध्ययनले निस्कर्ष निकालेको छ । उक्त अध्ययन पीडियाट्रिक रिसर्च जर्नलमा प्रकाशित गरिएको छ।
वैज्ञानिकहरुका अनुसार दुधमा कम मात्रामा कोभिड-१९ भाइरसको जेनेटिक तत्व पाइन्छ। तथापि, यस तत्वबाट भाइरस मल्टिप्लाई हुँदै दूध पिउने शिशुमा संक्रमण गर्न सक्छ भन्नेमा विज्ञहरु थिए। तर, यसको कुनै क्लिनिकल प्रमाण भेटिएको छैन।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानमा ११० महिला स्वयंसेविकाको स्तनको दूध परीक्षण गरेका थिए । ती आमाहरूले विश्वविद्यालय अनुसन्धानको लागि आफ्नो नमूनाहरू पठाए। तीमध्ये ६५ महिला स्याम्पल डोनेसन गर्दा कोभिड-१९ संक्रमित भएका थिए । सोही क्रममा ९ जना महिलामा भाइरसको लक्षण देखिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । यसबाहेक लक्षण देखिए पनि परीक्षण नगर्ने ३६ जना महिला थिए ।
वैज्ञानिकहरूले ११० नमूनाहरूमध्ये ७ मा अर्थात् ६ प्रतिशत स्तनपान गराउने महिलाहरूमा कोभिड भाइरसको मूल रूपको आनुवंशिक तत्व फेला पारे। यी महिलाहरु या त संक्रमित थिए वा उनीहरुमा भाइरसको लक्षण देखिएको थियो ।
अनुसन्धानको दोस्रो चरणमा अन्वेषकहरूले यी ७ महिलाबाट पुनः आमाको दूधको नमूना लिएका थिए । १ देखि ९७ दिनको बीचमा लिइएका यी नमूनाहरूमा कोभिडको आनुवंशिक तत्व फेला परेन। यसको सरल अर्थ यो हो कि भाइरस स्तनको दूधमा मल्टीप्लाई भएको थिएन।
अनुसन्धानका प्रमुख वैज्ञानिक पल क्रोगस्टाड भन्छन्, ‘बालबालिकाका लागि आमाको दूध पोषणको ठूलो स्रोत हो। अनुसन्धानमा हामीले कोभिड–१९ बाट संक्रमित आमाको स्तनको दूधमा कोरोना भाइरस धेरै गुणा हुने प्रमाण फेला पारेनौँ। यसले बच्चाहरूलाई सङ्क्रमण गरेको कुनै प्रमाण भेटिएको छैन, जसले उनीहरूलाई स्तनपानबाट जोखिममा नरहेको देखाउँछ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमित महिलाले बालबालिकालाई स्तनपान गराउँदा केही सावधानी अपनाउन सक्ने बताएको छ । उदाहरणका लागि, आफ्नो वरपरका चीजहरू कीटाणुरहित बनाउने, बच्चालाई काखमा लिनुअघि साबुन-पानी वा सेनिटाइजरले हातहरू सफा गर्ने र मास्क लगाउन सकिन्छ।
विज्ञहरूका अनुसार धेरैजसो आमाले बच्चालाई स्तनपान मात्रै आवश्यक हुन्छ भन्ने बुझ्छन्। तर, त्यस्तो होइन । यसबाट आमाहरुलाई पनि धेरै फाइदा हुन्छ । उदाहरणका लागि, डेलिभरी पछि, बढेको तौल नियन्त्रण हुन थाल्छ। यसले मधुमेह, मुटु रोग र क्यान्सर जस्ता रोगको जोखिम पनि कम गर्छ । यी बाहेक, भविष्यमा ओस्टियोपोरोसिस र गर्भावस्था पछि रगत बग्ने जोखिम पनि कम हुन्छ।
–एजेन्सी