२०८० मंसीर १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययन : कोभिडमुक्त भएका ५० प्रतिशतमा देखिँदै यी समस्या

अध्ययन : कोभिडमुक्त भएका ५० प्रतिशतमा देखिँदै यी समस्या


दुई वर्षभन्दा बढी समयदेखि विश्वभर कोभिड-१९ संक्रमण फैलिरहेको छ । ओमिक्रोनले देशमा तेस्रो लहर निम्त्याइरहेको छ। जसका कारण पहिलो दुई लहरमा जनताले कयौं प्रकारका समस्याहरु भोग्नु परेको थियो । कोरोना संक्रमण बाहेक निको भएका व्यक्तिमा पोस्ट कोभिड को समस्या पनि स्वास्थ्य विज्ञहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

पोस्ट कोभिडको समस्याको अध्ययन गर्ने वैज्ञानिकहरूको टोलीले आफ्नो भर्खरैको रिपोर्टमा कोभिडको पहिलो लहरमा संक्रमित भएका करिब ५० प्रतिशत मानिसमा एउटा विशेष समस्या देखिएको बताएको छ । केही व्यक्तिहरूमा, यो लक्षण रिकभरी पछि डेढ वर्षभन्दा बढी रहन सक्ने उनीहरुको अनुमान छ।

स्वीडेनमा गरिएको यस अनुसन्धानमा वैज्ञानिकहरुले संक्रमणबाट निको भएका करिब ५० प्रतिशत मानिसमा गन्ध नआउने समस्या देखिएको बताएका छन् । यति मात्र होइन, कतिपयमा यो समस्याले गन्धको भावनामा स्थायी परिवर्तनको समस्या पनि निम्त्याउन सक्छ । यसको बारेमा विस्तृत रूपमा जान्न प्रयास गरौं।

एक प्रतिवेदनमा वैज्ञानिकहरूले भनेका छन् – ‘महामारीको शुरुवाती दिनदेखि नै संक्रमितमा अचानक गन्धमा कमी वा गन्धको समस्या लक्षणको रूपमा देखा परेको छ। तर, समयसँगै कोभिडबाट निको भइसकेपछि पनि धेरैजसो मानिसमा यस्तो समस्या लामो समयसम्म कायम रहेको देखिएको छ । वैज्ञानिकहरूले गन्धको कमीको समस्यालाई पोस्ट कोभिडको संकेतका रूपमा हेरिरहेका छन्। तर, अहिले डेल्टा र अल्फा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमितमा दुर्गन्धको समस्या कम देखिएको छ ।’

स्टकहोमको कारोलिन्स्काका वैज्ञानिकहरूले सन् २०२० मा संक्रमणको पहिलो लहरमा कोभिडबाट सङ्क्रमित भएका १०० व्यक्तिमा कोभिड निको भइसके पनि मानिसमा गन्धको निरन्तर कमीसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गरेका थिए। कोभिडबाट निको भएको १८ महिनापछि करिब ४ प्रतिशत मानिसले पूर्ण रूपमा गन्ध सुँघ्ने क्षमता गुमाएको वैज्ञानिकहरूले पत्ता लगाए। एक तिहाइ मानिसहरूमा गन्ध पत्ता लगाउने क्षमता कम थियो, र करिब आधाले पारोस्मियाको गुनासो गरे। पारोस्मियाले मानिसहरूलाई विभिन्न चीजहरूको गन्ध फरक तरिकाले आउँन सक्छ।

किन भैरहेको छ यस्तो समस्या ?

वैज्ञानिकहरूको टोलीले कोभिडबाट निको भएकामध्ये करिब ६५ प्रतिशतलाई डेढ वर्षपछि पनि गन्ध वा वस्तुको वास्तविक गन्ध महसुस गर्ने क्षमतामा समस्या रहेको निष्कर्ष निकालेको छ । भाइरसले हाम्रो ओलफेक्ट्री ग्रन्थीलाई क्षति पुर्‍याउँछ, जसका कारण यस्तो समस्या देखिने गरेको वैज्ञानिकहरूको मत छ । यसबाहेक जो व्यक्तिलाई कोभिडको गम्भीर संक्रमण देखिएको छ, त्यस्ता व्यक्तिमा यसको समस्याको जोखिम बढी हुन सक्छ।

के ओमिक्रोन संक्रमित पनि यो समस्या देखिरहेको छ ?

युकेको हेल्थ प्रोटेक्शन एजेन्सीका अनुसार ओमिक्रोन संक्रमण भएका मानिसहरूमा डेल्टा भेरियन्टको तुलनामा यस्ता जटिलताहरू कम हुने सम्भावना हुन्छ। यद्यपि, ओमिक्रोन ओलफेक्ट्री प्रणालीको लागि कम खतरनाक छ भनेर देखाउनको लागि हाल कुनै भरपर्दो डाटा छैन। गन्धको यो गम्भीर कमीले मानिसमा डिप्रेसन र अन्य धेरै समस्याहरू पनि निम्त्याउन सक्छ भन्ने बारे सबैलाई सचेत हुन आवश्यक छ। कोरोना संक्रमणलाई हल्का रुपमा लिने गल्ती कहिल्यै गर्नुहुँदैन ।

एजेन्सी 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ