२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार


काठमाडौं—नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै तथ्यांक विभागले सो जानकारी दिएको हो ।

जसमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ । नेपालको जनसंख्या पछिल्ला १० वर्षमा १० प्रतिशतले वृद्धि भएको पाइएको छ ।

वि.सं. २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । उक्त जनसंख्यामा २६ लाख ९७ हजार ९ सय ७६ जनसंख्या थपिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ