२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड अपडेट : ८४५४ संक्रमित थपिए, सक्रिय केस साढे ९० हजार

कोभिड अपडेट : ८४५४ संक्रमित थपिए, सक्रिय केस साढे ९० हजार


काठमाडौँ – देशभर ८ हजार ४ सय ५४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जना संक्रमित थपिएका हुन्।

यससँगै कोभिड संक्रमितको संख्या ९ लाख ३३ हजार ४ सय ५१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ३३  जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा निको हुने संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय १२ र मृत्यु हुने संख्या ११ हजार ६ सय ७२ पुगेको छ

बुधबार  सक्रिय संक्रमितको संख्या ९० हजार ६७  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ