२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एक करोड ३७ लाखले प्राप्त गरे पूर्ण खोप

नेपालमा एक करोड ३७ लाखले प्राप्त गरे पूर्ण खोप


काठमाडौं – नेपालमा कोभिड-१९ विरुद्ध खोप अभियान चलेको एक वर्ष पुरा भएको छ । हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले देखाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ। एक मात्रा खोप लगाएकाको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ ।

यस्तै, अतिरिक्त खोप लगाउनेको संख्या २लाख ८२ हजार ७ सय २४ पुगेको छ ।

लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । खोप अभियानको सुरुवातमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लाई प्राथमिकतामा राखेर सुरु भएको थियो।

त्यसपछि वृद्धावृद्ध, वयस्क, र बालबालिकालाई खोप दिइएको छ। त्यस्तै, एक अभियान सुरु भएको एक वर्ष पुरा हुँदै गर्दा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज दिने क्रम जारी छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ