२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वेक्षण भन्छ- २५ प्रतिशत विद्यार्थीले मात्रै कक्षा कोठामा शारीरिक दूरी अभ्यास गर्छन्

सर्वेक्षण भन्छ- २५ प्रतिशत विद्यार्थीले मात्रै कक्षा कोठामा शारीरिक दूरी अभ्यास गर्छन्


काठमाडौं—झण्डै ६ हजार बढीमा गरिएको एक सर्वेक्षणले विद्यालयका कक्षा कोठाहरुमा केवल २५ प्रतिशतले मात्रै शारीरिक दूरी अभ्यास गरेको देखाएको छ । युनिसेफ नेपालले सेयरकाष्ट इनिसियटिभसँगको सहकार्यमा गरेको ‘फ्यामिली एण्ड चाइल्ड ट्रयाकर’ सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

यस्तै, केवल २५ प्रतिशतले मात्रै विद्यालयका कक्षा कोठाहरुमा शारीरिक दूरी अभ्यास गरेको सर्वेक्षणका क्रममा पाइएको छ ।

८४ प्रतिशतले कोभिड-१९ महामारीबाट बच्न चाडपर्व र त्यसयताका समयमा नियमित मास्क लगाउने गरेको देखाएको छ भने उत्तरदातामध्ये सन् २०२१ को मे महिनासम्म ७१ प्रतिशतले कोभिड-१९ विरुद्धको खोप लगाएको बताएका छन् ।

सन् २०२० को मेदेखि हालसम्म विभिन्न आठ चरणमा उक्त सर्वेक्षण गरिएको थियो । १८ वर्षभन्दा कम उमेरका बालबालिका भएको परिवारमा कोभिड—१९ महामारीले उत्पन्न गरेको परिस्थितीबारे नियमित अनुगमन गर्न उक्त सर्वेक्षण गरिएको थियो । जसमा ती परिवारका अभिभावकसँग जनजीविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकामा शिक्षाको पहुँच, बालबालिकाको पोषण, स्वास्थ्योपचार, स्तनपान र गर्भवती महिलाको अवस्थाजस्ता विषय समेटिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ