२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमितको संख्या घट्दै, मृत्यु र निको हुने संख्या बढ्दै

संक्रमितको संख्या घट्दै, मृत्यु र निको हुने संख्या बढ्दै


काठमाडौं – नेपालमा थप ६  हजार ८ सय २७  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६  हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ ।

गत सातादेखि निरन्तर बढ्दै गएको संक्रमण यो साताको अन्तिमतिर भने घट्दै गएको देखिन्छ गएको मंगलबार संक्रमितको संख्या १२ हजार ८ सय थियो । त्यसपछि बुधबार घटेर ८ हजार ४ सय ५४ पुग्यो । बिहिबार झनै घटेर ८ हजार १७ पुगेको थियो। संक्रमण क्रमश घटेर शुक्रबार ६  हजार ८ सय २७मा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९  लाख ४४ हजार ७४  पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा कोभिड-१९ संक्रमण कम हुँदै गएको देखिन्छ । संक्रमितको संख्या कम हुँदै जाँदा निको हुने, र संक्रमणबाट मृत्यु हुने संख्या बढ्दै गएको छ ।  पछिल्लो २४ घण्टामा थप ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन्। बिहिबार ५ हजार २ सयभन्दा बढी कोभिडमुक्त भएका थिए  ।

त्यस्तै, ४ हजारभन्दा बढी संक्रमित निको भएका थिए ।

पछिल्लो २४ घण्टामा १० जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । बिहिबार १५ जना संक्रमितको मृत्यु भएको थियो।

यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९७ र संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४२  हजार ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, शुक्रबार  सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ