२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खतिवडाले कोभिड खोप अभियानमा संलग्नलाई दिए धन्यवाद

स्वास्थ्यमन्त्री खतिवडाले कोभिड खोप अभियानमा संलग्नलाई दिए धन्यवाद


काठमाडौँ – स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्ध अभियानमा खटिने सबैलाई धन्यवाद दिएका छन्। कोभिड खोप अभियान जारी भएको एकवर्ष पुगेको अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले एक विज्ञप्ति जारी गर्दै खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सबैमा सबैमा धन्यवाद व्यक्त गरेका हुन्।

उनले भने, ‘खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।’

स्वास्थ्यमन्त्री खतिवडाले सो अभियानमा सक्रिय भएर लागेर नै कोभिड-१९को दोस्रो, तेस्रो लहरको जोखिम कम गर्न सफल भएको बताए। हालसम्म नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेराेसेल, जाेन्सन एण्ड जाेन्सन, माेडर्ना, फाइजर गरेर ४ करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप प्राप्त भएको उनले जानकारी दिए ।

May be an image of text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ