२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिपुर र नागरिक अस्पतालको नक्कली पिसिआरमा कसको छ हस्ताक्षर ?

कान्तिपुर र नागरिक अस्पतालको नक्कली पिसिआरमा कसको छ हस्ताक्षर ?


काठमाडौं—महानगरी अपराध महाशाखा नक्कली पिसिआर रिपोर्ट बनाएका दुई अस्पतालका कर्मचारी र विचौलियालाई पक्राउ गरेको छ । १८ माघमा मध्यपुर ठिमीस्थित नागरिक अस्पताल र तीनकुनेस्थित अस्पतालका कर्मचारी र नक्कली पिसिआर रिपोर्ट बनाउने विचौलियासहित ४ जना पक्राउ परेका छन् ।

यससँगै प्रहरीले उनीहरुबाट स्वाब नै नलिएर तयार पारिएका नक्कली पिसिआर रिपोर्ट समेत बरामद गरेको छ । महाशाखाका प्रवक्ता कृष्ण कोइरालाकाअनुसार स्वाब नै नलिएर तयार पारिने यस्ता नक्कली पिसिआर रिपोर्टको वैदेशिक रोजगारीमा जानेहरुबाट १० हजार रुपैयाँसम्म लिने गरिएको थियो ।

हेल्थआवाजलाई प्राप्त नागरिक अस्पतालको ल्याबको नक्कली पिसिआर रिपोर्टमा माइक्रोबायोलोजीमा एमडी गरेका डा. अनुप कार्कीको हस्ताक्षर छ ।  जसमा प्रयोग भएको नेपाल मेडिकल काउन्सिल नम्बर ३००५ रहेको छ । हेल्थआवाजले यो नम्बर नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा रुजु गर्दा डा. कार्कीकै नाममा छ ।

यस्तै, कान्तिपुरको ल्याबमा तयार भएको नक्कली पिसिआर रिपोर्टमा दिपेन्द्रकुमार साहको हस्ताक्षर छ । एमएस्सी एमएटी गरेका उनको एनएचपीसी नम्बर ०८ रहेको छ । प्रहरीले नक्कली पिसिआर रिपोर्टमा प्रयोग भएको डिजिटल हस्ताक्षरबारेमा पनि अनुसन्धान जारी राखेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ