२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीले ७ बुँदे माग राख्दै स्वास्थ्यमन्त्री खतिवडालाई बुझाए ज्ञापनपत्र

डा. केसीले ७ बुँदे माग राख्दै स्वास्थ्यमन्त्री खतिवडालाई बुझाए ज्ञापनपत्र


काठमाडौं – चिकित्सा अभियान्ता डा. गोविन्द केसीले ज्ञापनपत्र बुझाएका छन्। उनले बिहिबार स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गरी ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

सो ज्ञापनपत्रमा उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धि छाता ऐन जारी गर्न, दाङलगायतका गण्डकी प्रदेशमा सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पताल निर्माण, स्वास्थ्य संस्थाहरुले आवश्यकताअनुसार ठुलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी स्थायीरुपमा नियुक्त गरिनुपर्ने, गुणस्तरीय, नि:शुल्क स्वास्थ्यमा सबैको समान पहुँचको व्यवस्था हुनुपर्नेलगायतका माग गरेका छन् ।

डा. केसीले स्वास्थ्यमन्त्रीसँगको भेटमा यसअघि सम्झौता भएका केही मागहरु पूरा हुन बाँकी रहेकोसमेत जनाएका छन्।

डा. गोविन्द केसीको ७ बुँदे मागसहितको ज्ञापनपत्र:


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ