२०८२ जेठ १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने

बागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने


काठमाडौँ –  बागमती प्रदेशमा विपन्न तथा आकस्मिक उपचारका लागि बिरामीले रगत लिन कुनै पनि शुल्क तिर्न नपर्ने भएको छ । ​बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले विपन्न नागरिक र आकस्मिक उपचारका लागि अस्पताल पुगेका बिरामीले रगतका लागि कुनै पनि शुल्क तिर्न नपर्ने निर्णय गरेको हो ।

सरकारले नि:शुल्क रक्तसंचार सेवा बनाउने निर्णयगरेपछि नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रेस विज्ञप्ति जारी आफूहरुले तीन दशक अघि देखि उठाउँदै आएको माग आंशिक रुपमा पुरा भएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्दै रगतदाताहरु, स्वयमसेवी र रगतबाट तयार पारिएका रक्ततत्वको इज्जत र सम्मान गरिएको ठहर गरिएको जनाएको छ।

समाजले सो निर्णय सुखद रहेको भन्दै छिटै यस निर्णयलाई लागु गर्नुपर्ने उल्लेख गरेको छ। ‘यो एक हिसावले सुखद कुरा नै हो । तर हामीले दान गरेको रगत सबैले पूर्ण रुपमा निशुल्क हुनुपर्छ भनेका छौँ । अहिले विपन्न र आकस्मिक सेवाकालाई निशुल्क भनिएको रहेछ । सुरुवात राम्रै भयो यसलाई छिटै सबैका लागि लागू गर्नुपर्छ, ’विज्ञप्तिमा भनिएको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ