२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिम्न र मध्यम आय भएका देशहरुमा क्यान्सरबाट मृत्यु हुनेमा ७० प्रतिशत

निम्न र मध्यम आय भएका देशहरुमा क्यान्सरबाट मृत्यु हुनेमा ७० प्रतिशत


काठमाडौँ – क्यान्सर रोगबाट हुने मृत्युमध्ये सबैभन्दा बढी निम्न आय भएका देशहरु रहेको तथ्यांकले देखाएको छ। विश्व क्यान्सर दिवस  २०२१ को उपलक्ष्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच ‘नेपालमा क्यान्सर रोग र चुनौती’को विषयमा प्रस्तुतीकरण दिँदै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कम र मध्यम आय भएका देशहरुमा क्यान्सरबाट ७० प्रतिशत मृत्यु हुने गरेको जनाएको हो ।

क्यान्सर रोग लाग्नुका कारण समयमै रोगको पहिचान हुन नसक्नु, उपचारको उचित व्यवस्थापन नहुनु र उपचारको पहुँच सिमित वर्गमा हुनु प्रमुख रहेको माहाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताएका छन्। क्यान्सर रोगको बारे तथ्य प्रस्तुत गर्दै उनले भने, ‘लगभग २२ प्रतिशत क्यान्सरबाट मृत्युको कारण तत्व सूर्तीजन्य पदार्थ सेवन रहेको छ। सूर्तीजन्य पदार्थ मृत्युको प्रमुख कारणमा पर्दछ।’

नेपालमा तेस्रो स्थान सबैभन्दा बढी मृत्यु हुने प्रमुख कारण क्यान्सर रहेको बताइएको छ। यसबाट बच्नका लागि संचार माध्यम/ निजी र सरकारी निकायबाट जनचेतना फैलाउने कार्यक्रम गर्ने, सूर्तीजन्य पदार्थ नियन्त्रणर नियमक ऐन प्रभावकारी बनाउने, क्यान्सरबाट पिडित विपन्न नागरिकको औषधी उपचारको दायरा बढाउन पर्ने देखिएको छ।

क्यान्सरको महँगो उपचारलाई समेट्ने गरी स्वास्थ्य बीमा र स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि साथै थप सुविधा थप्नुपर्ने आवश्यक देखिएको बताइएको छ।

यस्तै, विश्व स्वास्थ संगठनले यो वर्ष क्यान्सरले मृत्यु भएमध्येमा सबैभन्दा बढी दक्षिण–पूर्वी एसियाबाट रहेको जनाएको छ। गत वर्ष विश्वभरी ९.६ मिलियन व्यक्तिको मृत्यु क्यान्सरका कारणले भएको थियो ।मृत्यु हुनेहरु सबैभन्दा बढी मध्यम तथा निम्न आय भएका राष्ट्रका मानिस रहेको बताएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ