२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलको पिजी लाइसेन्स परीक्षामा ७६.७६ प्रतिशत पास

काउन्सिलको पिजी लाइसेन्स परीक्षामा ७६.७६ प्रतिशत पास


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले २१ र २२ माघमा लिएको विशेष विशेष परीक्षामा ७६.७६ प्रतिशत पास भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार शनिबार प्रकाशित नतिजाअनुसार ७ सय २३ परीक्षार्थी परीक्षामा सामेल भएकामा ५ सय ५५ जना उत्तीर्ण भएका छन् ।

जुन सहभागी परीक्षार्थीको ७६.७६ प्रतिशत हो । परीक्षामा सहभागी १ सय ६८ जना अनुतीर्ण भएका छन् ।

कुल ७ सय ३५ जनाले परीक्षाका लागि आवेदन दिएकामा ११ जना परीक्षामा सहभागी भएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ