२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए १५७० संक्रमित, १३ को मृत्यु

थपिए १५७० संक्रमित, १३ को मृत्यु


काठमाडौँ – थप १ हजार ५ सय ७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ९ लाख ६७ हजार ४ सय २७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जनाको मृत्‍य भएको छ भने ६ हजार १ सय ४६ जना संक्रमणमुक्त भएका छन्।

सोमबार  सक्रिय संक्रमितको संख्या ४० हजार १११  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ