काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजस्ता दुई सचिव दरबन्दी भएका मन्त्रालयमा दुई सचिव राख्ने तयारी सरकारले गरेको छ । सोमबार बसेको क्याबिनेट बैठकमा प्रधानमन्त्री कार्यलयमा जगेडा सचिवहरु धेरै भएपछि दुई दरबन्दी भएका ठाउँमा सचिवको व्यवस्थापन गर्ने बारेमा छलफल भएको सहरी विकासमन्त्री रामकुमारी झाक्रीले जानकारी दिइन् ।
‘प्रधानमन्त्री कार्यलय धेरै सचिवज्यूहरु जगेडामा हुनुहुन्छ,’ उनले हेल्थआवाजसँग भनिन्, ‘उहाँहरुलाई दरबन्दी भएका मन्त्रालयहरुमा व्यवस्थापन गर्नुपर्छ भन्ने छलफल भएको छ ।’ तर, त्यस विषयमा कुनै पनि ठोस निर्णय नभएको उनले बताइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दुई सचिवको दरबन्दी छ । अहिले स्वास्थ्य सेवा (प्राविधिक)तर्फका सचिव डा. रोशन पोखरेल मन्त्रालयमा कार्यरत छन् भने प्रशासनतर्फको सचिवको पद प्रधानमन्त्री कार्यलयमै काजमा राखिएको छ ।
‘अहिले कुन सचिवलाई कहाँ लैजाने भनेर निर्णय भएको छैन्,’ मन्त्री झाँक्रीले भनिन्, ‘चुनावअघि प्रक्रिया पु¥याएर सचिवहरुको व्यवस्थापन गर्ने सैद्धान्तिक सहमति भएको छ ।’