२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने

बेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने


काठमाडौं—बेलायतले नेपाललाई कोभिड—१९ विरुद्धको अस्ट्राजेनेका खोप २१ लाख बढी डोज पठाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त जानकारी दिएकी हुन् ।

जसमध्ये सोमबार ८ लाख ६२ हजार डोज खोप काठमाडौं आइसकेको छ । ‘बेलायतले नेपाललाई २१ लाख बढी


उनले खोपले कोभिड—१९ संक्रमण विरुद्ध काम गर्ने उल्लेख गरेकी छन् । ‘खोपले काम गर्छ,’ उनले भनेकी छन्, ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ ।’

बेलायतले उक्त खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ