२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुएईमा महिलालाई बिहे पूर्व एचपीभी खोप लगाउन सुझाव

युएईमा महिलालाई बिहे पूर्व एचपीभी खोप लगाउन सुझाव


संयुक्त अरब इमिरेट्स (युएई) मा महिलाहरूलाई विवाह पूर्व ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाउन र परीक्षण गराउन भनिएको छ। अबुधाबीको स्वास्थ्य सेवा कम्पनी सेहालेका अनुसार महिलाले विवाहअघि नै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाउनुका साथै पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न परीक्षण गराउनुपर्ने बताएको हो ।

महिला र उनीहरुको भावी परिवारको सुरक्षाका लागि यो परीक्षण आवश्यक भएको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को भर्खरैको रिपोर्टअनुसार, पाठेघरको क्यान्सर विश्वभर महिलाहरूमा हुने चौथो सबैभन्दा सामान्य क्यान्सर हो। सन् २०२० मा पाठेघरको मुखको क्यान्सरका ६ लाख ४० हजार नयाँ संक्रमित भेटिएका छन् भने ३ लाख ४२ हजार महिलाको मृत्यु भएको छ ।

डब्ल्यूएचओका अनुसार एचपीभी मुख्यतया शारीरिक सम्बन्धबाट सर्ने र धेरैजसो मानिसलाई यौन क्रियाकलापपछि मात्रै यसको संक्रमण हुन्छ। यो भाइरसको बारम्बार संक्रमणले पाठेघरको मुखको क्यान्सरको जोखिम निकै बढाउँछ।

पाठेघरको मुखको क्यान्सर सचेतना आवश्यक

सेहाले पाठेघरको मुखको क्यान्सरलाई सचेतनाले नियन्त्रण गर्न सकिने बताए । यसबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको खोप नै हो। सेहाले १३ देखि २६ वर्षका सबै महिलालाई एचपीभी खोप लगाउन आग्रह गरेको छ । खलीज टाइम्सले सेहालाई उद्धृत गर्दै भनेको छ, ‘खोप र प्रारम्भिक जाँचले पाठेघरको क्यान्सर हटाउन र निको पार्न मद्दत गर्दछ। हामी युवतीहरूलाई विवाहको केही वर्ष अघि खोप लगाउन सिफारिस गर्छौं।’

सेहाले युएईका महिलाहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने महिलाको कथा पनि सुनाइन्। यी २८ वर्षीया युवती विवाहको दुई वर्ष बितिसक्दा पनि गर्भवती हुन सकेकी छैनन् । पछि उनलाई पाठेघरको मुखको क्यान्सर भएको थाहा भयो । तर, उपचारपछि महिला पूर्णरुपमा निको भइन् । युएईको मदिनत खलिफा हेल्थकेयर सेन्टरका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा शाहद फैसल अल अयाला पाठेघरको मुखको क्यान्सर भएमा समयमै उपचार गरिएमा महिला पूर्ण रूपमा निको हुन सक्ने बताउँछन्।

पाठेघरको मुखको क्यान्सर महिलामा हुने दोस्रो ठूलो क्यान्सर हो । स्वास्थ्यप्रति लाज र लापरवाहीका कारण देशका महिला प्रारम्भिक अवस्थामा चिकित्सककहाँ जान मान्दैनन् । जबसम्म उनले यो गर्ने सोच्छन्, तबसम्म क्यान्सर एडभान्स स्टेजमा पुगिसकेको हुन्छ र यस्तो अवस्थामा मृत्युको जोखिम निकै बढ्छ । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारण शरीरमा फैलिन्छ । यो यौन सम्पर्कबाट महिलाको शरीरमा पुग्छ ।

यो यौन सम्पर्कबाट महिलाको शरीरमा पुग्छ । राम्रो कुरा के हो भने ९०% केसमा यो भाइरसको संक्रमण आफैँ नष्ट हुन्छ । जबकि अधिकांश महिलालाई ४५ वर्षको उमेरपछि यो क्यान्सर हुन्छ ।

लक्षण

  • महिनावारी चक्र सकिएपछि पनि रगत बग्नु,
  • यौन सम्पर्कपछि रगत बग्नु,
  • पटक–पटक योनीमा संक्रमण हुनु
  • पिसाब फेरेपछि जलन महसुस हुनु,
  • रजोनिवृत्तिपछि रगत बग्नु
  • योनीबाट सेतो पानी बग्नु
  • र, खुट्टा र हड्डी दुख्नु।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ