२०८१ चैत्र १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ?

स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ?


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा दर्जनभन्दा बढी उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने तयारी अन्तिम चरण पु¥याएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार शुक्रबार जिम्मेवारी हेरेफेर र सरुवा गर्ने तयारी अन्तिम चरणमा पु¥याइएको भएतापनि निर्णय सम्भवतः आइतबार हुनेछ ।

‘शुक्रबार नै सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने तयारी थियो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘टिप्पणी उठिसकेको छ । सचिव बाहिर निस्कुनभएकाले निर्णय हुन पाएन । सम्भवतः आइतबार निर्णय हुन्छ ।’

मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिने नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेललाई ल्याउने तयारी छ । उनी अहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)का प्रमुख छन् ।

डा. पौडेललाई मन्त्रालयको महत्वपूर्ण महाशाखामा जिम्मेवारीमा ल्याइएपछि उनको ठाउँमा डा. प्रकाश शाहलाई पठाउने तयारी छ । यसअघि उनलाई कर्णाली प्रदेश सरुवा गरिएपनि उनी त्यहाँ गएका थिएनन् ।

यस्तै, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. अनुप बाँस्तोलालाई ल्याउने तयारी छ । उनी अहिले सार्क क्षयरोग केन्द्रका प्रमुख छन् । सार्क क्षयरोग केन्द्रमा डा. सुधा देवकोटालाई पठाउने तयारी छ ।

राष्ट्रिय क्षयरोग केन्द्रमा डा. सन्जय ठाकुरलाई लैजाने तयारी मन्त्रालयको छ । त्यहाँका प्रमुख रहेका डा. श्रीराम तिवारी गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनेर गएपछि उक्त ठाउँ खाली छ।

डा. सुधा देवकोटा अहिले केन्द्रीय कारागार अस्पतालको प्रमुख छन् । केन्द्रीय कारागार अस्पतालको प्रमुखमा डा. चुमनलाल दासलाई ल्याउने तयारी मन्त्रालयले गरेको छ ।

डा. दास अहिले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट छन् । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. यज्ञ खरेललाई दिने तयारी छ ।

कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका डा. यदुचन्द्र घिमिरेको जिम्मेवारी पनि हेरफेर गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।  उनको फेरिने जिम्मेवारी निश्चित नभइसकेकाले पनि सरुवा तथा जिम्मेवारी हेरफेरमा ढिलाइ भएको हो । साथै, डा. घिमिरेको सरुवा फाइनल हुँदा माथिका केही निश्चित गरिएका जिम्मेवारीमा फेरबदल हुने सम्भावना छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ