२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५२१ नयाँ कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु

५२१ नयाँ कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ५ सय २१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७३ हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३८ हजार ५ सय ८३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ ।

आइतबारसम्म नेपालमा २२ हजार ५ सय ८४ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ