२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्मचार्यले गरे १६९ औं पटक रक्तदान

रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्मचार्यले गरे १६९ औं पटक रक्तदान


काठमाडौँ – नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राविधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा शनिबार आयोजित कार्यक्रममा कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका हुन् ।

नियमित रक्तदान कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम पर्वत जिल्लाको स्थानीय कुश्मा नगरपालिका वडा नं. ५ , बडागाउँ नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा सम्पन्न भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनकाे सभापतित्वमा आयाेजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष बिरेन्द्र पराजुली अतिथि रहेका थिए ।

अतिथि बीरेन्द्र पराजुलीले आफूले पनि ३५ औं पटककाे रक्तदान गर्नुका साथै रक्तदानबाट काेहि पनि कमजोरी छैनन् भन्ने तथ्यलाई सवित गर्न रक्तदान लगत्तै बञ्जिजम्प गर्नुका साथसाथै कुश्मादेखि पाेखरासम्म साइक्लिङ् समेत गरिसकेका छन्।

सारेगमप लिटिल च्याम्का अन्तिम पाँच प्रतियाेगीमा पुग्न सफल अरूण सुनारले पनि साे कार्यक्रममा सहभागीता जनाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ