२०८० मंसीर १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. शैल रुपाखेती क्याबिनेट चिकित्सकमा नियुक्त

डा. शैल रुपाखेती क्याबिनेट चिकित्सकमा नियुक्त


काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त भएका छन् । २४ माघको मन्त्रिपरिषद् बैठकले डा. रुपाखेतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकका रुपमा नियुक्त गरेको हो ।

उनलाई विशिष्ट श्रेणीको सेवासुविधासहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो । ‘मैले नियुक्ति भर्खरै बुझेर आएको छु । मलाई यो जिम्मेवारीले गौरवबोध भएको छ,’ हेल्थआवाजसँगको संक्षिप्त प्रतिक्रियामा डा. रुपाखेतीले भने, ‘मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ ।’

मणिपाल मेडिकल कलेजका पहिलो ब्याच रहेका उनले सन् २००० मा एमबीबीएस सकेका हुन् । त्यसपछि उनले एक वर्ष इन्टर्नसीप र दुई वर्ष हाउस अफिसरका रुपमा वीर अस्पतालमा काम गरे । डा. शैलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट जनरल सर्जरीमा एमएस गरेका छन् ।

घेन्ट विश्व विद्यालय बेल्जियमबाट उनले सन् २०१२ मै जिआईमै फेलोसीप गरेका थिए । डा. रुपाखेती ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटी अमेरिकाबाट एडभान्स जिआई सर्जरी फेलोसीप पूरा गरेका छन् ।

सन् २००६ मा उनले सिनियर कन्सल्ट्यान्टका रुपमा नर्भिक अस्पतालमा सेवा पु¥याएका थिए । झण्डै ११ वर्ष नर्भिक अस्पतालमा बिताएपछि डा. रुपाखेती सन् २०१७ मा स्टार अस्पतालका प्रबन्ध निर्देशक बनेका थिए ।

उनी  झण्डै पाँच  वर्षदेखि स्टार अस्पतालको प्रबन्ध निर्देशकका रुपमा सक्रिय छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ