२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ८ उच्च अधिकारीहरुको सरुवा, कसलाई कहाँकाे जिम्मेवारी ?

स्वास्थ्यका ८ उच्च अधिकारीहरुको सरुवा, कसलाई कहाँकाे जिम्मेवारी ?


काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आधा दर्जनभन्दा बढी उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार मंगलबार मन्त्रीस्तरीय निर्णय गरी जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिने नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेललाई ल्याइएको छ । उनी यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)का प्रमुख थिए । डा. पौडेलको ठाउँमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याइएको छ ।

डा. दासको ठाउँमा कोशी अस्पतालको मेसु सोही अस्पतालका चिकित्सक डा.  यज्ञ खरेललाई बनाइएको छ । यस्तै, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. सुधा देवकोटालाई ल्याइएको छ । यसअघि उनी केन्द्रीय कारागार अस्पतालमा थिइन् ।

केन्द्रीय कारागार अस्पतालमा क्षयरोग केन्द्रबाट एक महिनाअघि मात्रै कर्णाली प्रदेश सरुवा गरिएका डा. प्रकाश शाहलाई पठाइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रमा राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका डा. सन्जयकुमार ठाकुरलाई लगिएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनको ठाउँमा तालिम केन्द्रका प्रमुख   केशवराज पण्डितलाई पठाइएको छ ।

देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवानिधी बसौलालाई दिइएको छ । कान्तिका निर्देशक डा. अजित रायामाझी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ