२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पताल र कोशी अस्पतालका प्रमुख फेरिए

कान्ति बाल अस्पताल र कोशी अस्पतालका प्रमुख फेरिए


काठमाडौं—कान्ति बाल अस्पताल र कोशी अस्पतालमा प्रमुख परिवर्तन भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै दुवै अस्पतालमा प्रमुख परिवर्तन गरेका हुन् ।

कान्ति बाल अस्पतालमा सोही अस्पतालका बाल रोग विशेषज्ञ डा. युवानिधी बसौलालाई निर्देशक बनाइएको छ । यसअघि कान्तिको निर्देशकमा डा. अजित रायमाझी थिए ।

यस्तै, पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. यज्ञ खरेललाई दिइएको छ । डा. खरेल सोही अस्पतालका अर्थोपेडिक सर्जन हुन् ।

यसअघि कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दास रहेका थिए । उनलाई इडिसिडीमा ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ