२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६२ जनामा कोभिड पुष्टि, ४को मृत्यु

थप २६२ जनामा कोभिड पुष्टि, ४को मृत्यु


काठमाडौं-नेपालमा थप २ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ५ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ ।

नेपालमा आइतबार १४ हजार ४ सय ३५ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ