२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफिजियोथेरापी पुनःस्थापना केन्द्रहरुको संघ गठन

फिजियोथेरापी पुनःस्थापना केन्द्रहरुको संघ गठन


काठमाडौं—७ फाल्गुण प्रजातन्त्र दिवसको अवसर पारेर देशभरि रहेका ९ संस्थाहरु संयुक्त रुपमा ‘फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसन नेपाल’ (प्राण) गठन गरेका छन् । गत शुक्रबार साधारणसभामार्फत गठन गरिएको उक्त संगठनको अध्यक्षमा हरिकुमार लम्साल चयन भएका छन् ।

नवगठित संघका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा जगदीश खनाल, महासचिवमा समिद कातिला श्रेष्ठ, सचिवमा राजेश महत र कोषाध्यक्षमा दीक्षा जोशी चयन भएका छन् । त्यस्तैगरी सदस्यहरूमा विवेक पौडयाल, अशोकमणि रिमाल, कविन सापकोटा र अंगिरा थापा छन् ।

नेपालको पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेसनल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरुसहित पुनस्थापनाका विज्ञहरु अतिथीमा संघ गठन गरिएको हो ।

नेपालभित्र भौतिक चिकित्सा तथा पुनस्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एक–आपसमा संगठित भएर हालसम्म निर्माण नभएको दर्ता प्रक्रिया स्थापना सरकारसँग माग गरेर सहयोग गर्न, पेशागत एवं व्यवसायिक ऐक्यवद्धता कायम गर्न, पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवद्र्धन गर्न, भौतिक चिकित्सा तथा पुनस्र्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त संस्थापक लम्सालले बताए ।

नेपालमा फिजियोथेरापी पुनस्थापना सेवा संचालन गरिरहेका १५ शैयाभन्दा बढी क्षमताका संस्थाका सञ्चालकहरु उक्त राष्ट्रिय भेलामा सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ