२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३ सय ८८ जनामा कोभिड संक्रमण, ४को मृत्यु

थप ३ सय ८८ जनामा कोभिड संक्रमण, ४को मृत्यु


काठमाडौं-नेपालमा थप ३ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय ८८जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ८ सय३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५२हजार ५९९  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ ।

नेपालमा सोमबार ११ हजार २  सय ८२ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ