२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । सोमबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सहसचिव हुन् ।

यसअघि प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको नेतृत्वमा रहेको उपकुलपति सिफारिस समितिले डा. लामिछानेसहित डा. नारायणविक्रम थापा र डा. ऋषिकेशनारायण श्रेष्ठको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । त्यसअघि डा. थापा, डा. रामेश कोइराला र डा. प्रदिप घिमिरेको नाम सिफारिस गर्ने तयारी थियो ।

‘तर, अन्तिम समयमा नाम परिवर्तन भएर डा. विकासको नाम थपिएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो । सिफारिस तीन नामबाट देउवाले उपकुलपतिमा डा. लामिछानेलाई नियुक्त गरेका हुन् ।

राप्तीको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ