२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. कँडेललाई, भेरी अस्पतालकी नर्स सन्जुलाई स्वास्थ्य सेवा सम्मान

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. कँडेललाई, भेरी अस्पतालकी नर्स सन्जुलाई स्वास्थ्य सेवा सम्मान


काठमाडौं—उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कँडेलले पाएका छन् । २४ औं स्वास्थ्य सेवा दिवस, २०७८ को अवसरमा आयोजित समारोहमा डा. कँडेललाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको हो ।

एक लाख राशीको उक्त पुरस्कारलाई स्वास्थ्य सेवातर्फको सबैभन्दा महत्वपूर्ण पुरस्कार मानिन्छ । डा. कँडेल अहिले बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

स्वास्थ्य सेवा पुरस्कारबाट चार जना स्वास्थ्यकर्मीलाई पुरस्कृत भएका छन् । जसमा बाजुरा अस्पतालकी अनमी धनकला थापा, सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नीसियन ओम आचार्य, गौर अस्पतालका ल्याब टेक्नीसियन रामप्रवेस साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेल रहेका छन् । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी, १० जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा सम्मान पाएका छन् । जसमा स्वास्थ्य सेवा विभागका बरिष्ठ फर्मोसिष्ट बडेबाबु थापा, औषधि व्यवस्था विभाग विराटनगर शाखाका फार्मेसी अधिकृत सन्जीव कट्टेल, स्वास्थ्य कार्यलय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी, जिल्ला आयुर्वेद अस्पताल रौतहतका कविराज रुद्रनारायण महतो, बाग्लुङको दर्लिङ स्वास्थ्य चौकीकी अनमी प्रेमकुमारी केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा. शरदचन्द्र बराल, गुल्मीकी महिला स्वास्थ्य स्वयंसेविका लीला थापा, भेरी अस्पतालकी नर्सिङ निरिक्षक सन्जु रिजाल रहेका छन् ।

यसैगरी, काभ्रेको महाभारत गाउँपालिकाका गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ठ लालबहादुर रोका र मुस्ताङको खादाङ गाउँपालिकाका हलुका सवारी चालक गगन विकले पनि स्वास्थ्य सेवा सम्मान पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ