२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५८ जनामा कोभिड पुष्टि

थप १५८ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप १ सय ५८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३  सय ५४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७  हजार १ सय ६७  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८  पुगेको छ ।

नेपालमा मंगलबार ७ हजार ९ सय ७१ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ