काठमाडौँ – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा २० कर्मचारी माग गरेको छ । केन्द्रले बुधबार एक विज्ञापन प्रकाशित गरी डाक्टर, स्टाफ नर्स सहित २० जना कर्मचारी माग गरेको हो ।
सूचना अनुसार ५ औं तहका लागि ९ स्टाफ नर्स, १ जना मेडिकल टेक्निसियन, २ जना रेडियोग्राफर र २ जना एन्थेसिया सहायक माग गरिएको छ।
त्यस्तै, आठौँ तहका लागि २ जना रजिष्ट्रार एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर, १ जना रजिष्ट्रार पल्मोनोलोजी, १ जना रजिष्ट्रार प्रत्यारोपण शल्यचिकित्सक तथा हेपाटीको-प्यानक्रियाटो विलियरी सर्जरी र २ जना मेडिकल अधिकृत पनि माग गरिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेको इच्छुकले सूचना प्रकाशन भएको २१ दिनभित्र दरखास्त दिने सक्नेछन् ।
