२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १२७ जनामा कोभिड-१९ पुष्टि

नेपालमा थप १२७ जनामा कोभिड-१९ पुष्टि


काठमाडौं – नेपालमा थप १ सय २७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३  सय २१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७  हजार ४ सय २८  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४१ पुगेको छ ।

नेपालमा बुधबार ७ हजार ७ सय ७० सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ