२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १०५ जनामा कोभिड पुष्टि

नेपालमा थप १०५ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप १ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३  सय २० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७  हजार ८ सय ८  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ ।

नेपालमा बिहिबार ७ हजार ५ सय १७ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ