२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआठौं फर्मा एक्सपो ९ देखि ११ वैशाखसम्म

आठौं फर्मा एक्सपो ९ देखि ११ वैशाखसम्म


काठमाडौँ – आठौं नेपाल फर्मा एक्स्पो-२०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। शुक्रबार औषधी उत्पादक संघले  पत्रकार सम्मेलन गर्दै आठौं फर्मा एक्स्पो चितवनको प्रर्दशनी केन्द्रमा वैशाख ९ देखि ११ गतेसम्म हुने जानकारी दिएको हो।

यसअघि फागुनमा हुने भनिएको एक्सपो कोभिड-१९ को संक्रमणको जोखिमका कारण मिति सारिएको औषधी उत्पादक संघका अध्यक्ष प्रज्व जंग पाण्डेले बताए ।

नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्सो आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेको भनाइ छ।

यस्तै, संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले नेपालमा भित्रिएका नयाँ प्रविधिलाई अवलोकन गर्न एक्स्पो आवश्यक रहेकोतर्फ आल्याएका छन् ।  एक्सोमा १ सय ६० स्टल राखिने र त्यसमा नेपालका र विदेशका औषधी उद्याेग र त्यसमा प्रयाेग भएका प्रविधीकाे प्रदर्शनी हुने उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले भने, ‘नेपालका औषधी उद्याेगले नेपालमा वर्षकाे ६० अर्वकाे काराेबार गर्छन्। नेपाल संसारकै सबैभन्दा सस्ताे औषधी बनाउने देश हो।’

यसअघिको ७ औं एक्सपो पनि चितवनमा नै भएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ