२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोस्ट कोभिडका लक्षण देखिए डाक्टरसँग परामर्श लिन सुझाव

पोस्ट कोभिडका लक्षण देखिए डाक्टरसँग परामर्श लिन सुझाव


काठमाडौँ – कोभिड-१९ संक्रमणबाट निको भएपछि पोस्ट कोभिडका लक्षण देखिए डाक्टरसँग परामर्श लिन स्वास्थ्य मन्त्रालयले सुझाएको छ।

आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले कोभिडमुक्त भएको ३ महिनापछि पनि पोस्ट कोभिडका लक्षण देखिए डाक्टरसँग परामर्श लिनुपर्ने सुझाएकी हुन्।

पछिल्लो केहि अध्ययनले पोस्ट कोभिड देखिएका बिरामीमा थकान हुनु,  छिटो-छिटो श्वास फेर्नु र  स्मरण शक्ति कम हुने लक्षण देखिएको उनले जानकारी दिइन ।

उनका अनुसार संक्रमणपछि पोस्ट कोभिड बाहेक पनि निन्द्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, मुटुको धमनीहरुमा समस्या देखिनु, दैनिक काम गर्न कठिनाइ हुनुआदि जस्ता अन्य लक्षणहरु पनि देखिन सक्छ। चिकित्सकको सल्लाह र परामर्शबाट पोस्ट कोभिडको उपचार हुने उनले जानकारी दिइन।

यसको साथै प्रवक्ता डा. मिश्राले  कोभिड खोपले प्रतिरक्षा प्रणाली मजबुत बनाइरहेको हुँदा खोप नलाएको नागरिकलाई खोप लगाउन अनुरोध गरेकी छिन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ