२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८ हजार ६३८ परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि

८ हजार ६३८ परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि


काठमाडौं – नेपालमा थप ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एन्टीजेन र पिसिआर गरी ८ हजार ६३८ परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ८८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो केहि दिनमा संक्रमितको संख्या लगातार घट्दै गैरहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ३७६  जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार  ९३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

नेपालमा सोमबार ६ हजार १५० सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ