२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेङ्गुको निःशुल्क पिसिआर परीक्षण शुरु

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण शुरु


काठमाडौं – सरकारले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ३ रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जनाएको हो ।

तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। लक्षण देखिए प्रयोगशालामा परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार कोभिड महामारीको मात्र नभई   जिका, डेङ्गु र चिकनगुनिया रोगको पिसिआर गराउनु आवश्यक छ ।

May be an image of text that says 'जिका, चिकनगुनिया र डँगु भाइरसको नि:शुल्क पीसीआर परीक्षण कोभिड-१९ महामारीबाट मात्र होइन, जिका, चिकनगुनिया र डॅँगु जस्ता भाइरसको संक्रमणबाट बच्नका लागि पनि परीक्षण गराउनु आवश्यक हुन्छ| हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा जिका, चिकनगुनिया र डॅँगु भाइरसको पीसीआर परीक्षण सुरु भएकाले लक्षण देखिएका व्यक्तिहरुले परीक्षण गराउनुहोला। यो परीक्षण नि:शुल्क छ। कोरोना तंत्रमणबाट वच्नका लागि जनस्चास्थ्यका सबै मापदणडको पालना गरी लेहातधोऊ नेपाल सरकार स्वास्थय जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा. सूचना तथा सत्चार केन्द्र'

यसको लक्षण

  • एक्कासि ज्वरो आउने,
  • थकाइ महसुस हुने,
  • अत्यधिक जोर्नी दुख्ने,
  • वाकवाकी लाग्ने तथा टाउको,
  • मांसपेशी दुख्ने ।

उपाय

  • दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्ने,
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
  • सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने,
  • लामखुट्टे भगाउने धूप
  • मल्हमको प्रयोग गर्न

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ