काठमाडौँ – गण्डकी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह चौथो तह अहेव (प्राविधिक) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बिहिबार आयोगले सूचना प्रकाशित गर्दै गत मंसिर २५ गते पोखरामा सञ्चालन गरेको स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह चौथो तह अहेव (प्राविधिक) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
खुलातर्फ १७२ जना माग गरिएकोमा अन्तर्वार्ताका लागि २७१ जना, महिलामा ५६ जनाको माग भएकोमा ११४, आदिवासी जनजातिमा ३६ जनामा ८९, मधेसीमा २४ जना माग भएकोमा २११ र दलितमा १३ जना माग भएकोमा ४५ जना अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।
लिखित परीक्षामा १५ हजार ५ सय ८० जना सहभागी थिए ।
अन्तर्वार्ताका लागि छनौट उम्मेदवारहरुले नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यावसायिक परिषद दर्ता प्रमाणपत्रसहित नक्क्कल २–२ प्रति, हालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, दरखास्त फारामको पहिलो पाना २ प्रति र तेस्रो पाना १ प्रति भरी तोकिएको दिन प्रवेशपत्रसहित उपस्थित हुन पर्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता चैत १३ देखि २३ गतेसम्म पोखरा कार्यालयमा हुनेछ ।