२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभाेजपुर जिल्ला अस्पतालकाे निरीक्षणमा राज्यमन्त्री श्रेष्ठ

भाेजपुर जिल्ला अस्पतालकाे निरीक्षणमा राज्यमन्त्री श्रेष्ठ

विशेषज्ञ सेवा सहितको ५० वेड क्षमतामा स्तराेन्नतिका लागि पहल गर्ने प्रतिबद्दता


काठमाडौँ – भाेजपुर अस्पताललाई विशेषज्ञ चिकित्सककाे सेवासहित ५० वेड क्षमतामा स्तराेन्नतिका लागि पहल गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

शुक्रबार जिल्ला अस्पतालकाे निरीक्षणमा पुगेका राज्यमन्त्री श्रेष्ठले विशेषज्ञ चिकित्सककाे सेवासहित ५० वेड क्षमतामा स्तराेन्नतिका लागि तत्काल पहल गर्ने बताएका हुन।

५० बेडकाे पूर्वाधारमा बनेको अस्पताल भएपनि हालसम्म १५ वेडभन्दा बढी संचालनमा आउन सकेको छैन। पूर्वाधारकाे विस्तार बिनानै ५० वेड चल्ने भएकाले साेही अनुसारकाे जनशक्तिको व्यवस्थापन गरेर स्वास्थ्य सेवा अघि लैजाने मन्त्री श्रेष्ठको भनाइ छ ।

भाेजपुर अस्पताललाई पूर्वकै नमुना अस्पतालका रुपमा विकास र विस्तार गर्न आफू लागि परेकाे भन्दै उनले भने, ‘ यस जिल्ला अस्पताललाई स्वास्थ्य सेवामा पूर्वकाे हवका रुपमा स्थापित गराउनु आवश्यक छ।’

अस्पतालको निरिक्षणसँगै भाेजपुरमा संचालित स्वास्थ्य शिविरकाे उद्घाटन पनि राज्यमन्त्री श्रेष्ठले गरेका छन्। उक्त स्वास्थ शिविर दुई दिन चल्ने बताइएको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ