२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडको पूर्ण खोप लगाएकालाई पिसिआर परीक्षण अनिवार्य नहुने

कोभिडको पूर्ण खोप लगाएकालाई पिसिआर परीक्षण अनिवार्य नहुने


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर परीक्षण अनिवार्य नगराउन निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक सूचना जारी गर्दै देशभरका स्वास्थ्य संस्था र अस्पतालहरुलाई पीसीआर परीक्षण अनिवार्य नगर्न निर्देशन दिएका हुन्।

‘कोभिड-१९ को संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउनु हुन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८/११/२३ गतेको निर्णयानुसार अनुरोध गरिन्छ, ’ सूचनामा भनिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ