२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टर, नर्स लगायत गजेन्द्र अस्पतालले माग्यो १४५ कर्मचारी

डाक्टर, नर्स लगायत गजेन्द्र अस्पतालले माग्यो १४५ कर्मचारी


काठमाडौँ – गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान गजेन्द्र स्मृति अस्पतालले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। शुक्रबार अस्पतालले एक सूचना जारी गर्दै डाक्टर, नर्स, प्राविधिक तथा प्रशासनिक लगायतका पदमा १४५ भन्दा बढी कर्मचारी माग गरेको हो।

अस्पतालले स्टाफ नर्स मात्रै २८ जना माग गरेको छ। त्यस्तै,  मेडिकल अफिसर १२ जना, कार्डियोलोजिष्ट ३ जना, न्यूरोलोजिष्ट   ३ जना, अ.न.मीमा १० जना, फिजिसियन ३ जना, कन्सलट्यान्ट सर्जन ३ जना र अन्य पदमा पनि कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुकले १५ दिनभित्र आवेदन दिन आवेदन दिन पर्ने अस्पतालले जनाएको छ ।

सूचना  

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ